२०६५ मंसिर २२ गते आइतबार का दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल मा अध्ययनरत विद्यार्थीहरु व्दारा “मानवअधिकार विश्वव्यापी घोषणापत्र,१९४८ डिसेम्बर १० (Universal Declaration for Human Right) जारी भएको ६०औँ वर्ष को सन्दर्भमा काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क (Kathmandu University Amnesty International Youth Network) ले
Youth in Activism
“Human Rights and Role of Youth”
Talk Programme (अन्तरकृया र विचार गोष्ठी)
नामक कार्यक्रम गरेको थियो ।
कार्यक्रम मा तिन सय भन्दा बढि विश्वविद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तिन बजे सुरु भएर साँझ साँढे पाँच बजे सकिएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय का विद्यार्थीले निर्माण गरेको “उजेली” नामक महिला हिंसा र यातना मा आधारित आधा घन्टाको वृतचित्र समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रम को सभापतित्व काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क का संयोजक ओमप्रकाश सापकोटा ले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर पुष्पराज अधिकारी, तथा अतिथि मानवअधिकारवादी नेता कृष्ण पहाडिले “अब बन्ने नयाँ सविंधानमा सम्पुर्ण नेपालीहरुको न्याय, शान्ति र भयरहित सभ्य समाजको परिकल्पना गर्दै निर्वाद रुपमा बाँच्न पाउने नैसर्गिक अधिकार को ग्यारेन्टि हुनुपर्ने” मा जोड दिनुभएको थियो ।
एम्नेस्टि ईन्टरनेसनल अन्तराष्ट्रिय सचिवालय सदस्य एलेन्डा फोस्ट (Yolanda Foster) ले महिला हिंसा र यातना का विरुद्ध सबैलाई सचेत रहन आग्रह गर्दै, अब बन्ने नयाँ सविंधान मा महिला अधिकार को पुर्ण ग्यारेन्टि गराउन सम्पुर्ण महिला सभासद र सबै नेपाली महिलाहरुलाई आह्‍वान गर्नु भयो । त्यस्तै एम्नेस्टि नेपाल सेक्सन का डाइरेक्टर रामेश्वर नेपाल ले “मानवअधिकार मा युवाहरु को अभियान र सहभागिता को बारेमा प्रष्ट पार्नु भएको थियो” ।


“मैले फेसबुकमाफत नै भएपनि केयु (काठमाण्डौ विश्वविद्यालय)का यी तीन भाइलाइ समेत खबर गरेको थिएँ' आफ्नो अनौपचारिक सम्बोधनका क्रममा आत्मविश्वासका साथ विज्ञान तथा प्रविधी मन्त्री गणेश शाहले थपे 'कृषि क्रान्ति हाम्रो पालाको अभ्यास थियो भने यी (हामीलाइ इंगित गर्दै) युवाहरुको पालो आइटि (इनफरमेशन एण्ड टेक्नोलोजी) क्रान्तिको हो र यीनीहरुले गर्न सक्छन पनि ।'

हाल सञ्चालनमा आउन नसकेको आइटी पार्कमा सरोकारवालाहरुसँग छलफल र भलाकुसारी गर्ने आफ्नो चाहानालाइ पुरा गर्न केयु हुदै पार्क पुगेका मन्त्रीले कार्यक्रमको समापानपछि मलाइ धाप मार्दै भने(तिमीलाइ त्यही केयुमै आउदा फोन गरौला भनेको नम्बर नै रहेनछ,जे होस यहाँ आयौ म खुसी छु' सहपाठी ओम प्रकाश सापकोटालाइ औँल्याउदै उनले थपे (यीनको नाम के रे ?'मलाइ ठ्याक्कै भुतपुर्व भारतिय राष्ट्रपति एपिजे अब्दुल कलामको याद आयो,जो सँग केही समय अघि मैले यसै गरी भलाकुसारी गर्ने अवसर पाएको थिएँ । आफ्नै फिल्डका मन्त्री भएर पनि हुनुपर्छ गणेश शाह सँग भेटेर विज्ञान र प्रविधीका विषयमा भलाकुसारी गरिरहदा मलाइ साच्चै बेग्लै महशुस भइरहेको थियो । रमाइलो र खुशीको लहर त त्यतिबेला झन छायो जतिबेला मन्त्री पत्नी उत्तिकै फुर्तिलो हुदै हामी सँग कुरा गर्न रुचाइन् ।'बाबु कुन फ्याकल्टी ?' भन्दै कल्याणीी शाहले मलाइ सोधिरहदा सहपाठी ओपीले उहासँग मेरो तस्विर खिचीसकेका थिए भने अर्का साथी अनिल घिमिरे (आकार) चाही कुन्नी को सँग विवादमा फसिरहेका थिए । हामी कुरा गर्दै आइटी पार्क वरीपरि घुम्न थाल्यौँ ।

मन्त्रालय सचिव उमेश मैनालीसँग कुरा गर्दै गरेका मन्त्री पछाडि फर्किए र भने 'आशिष कता पछाडी यहाँ आउ न ।' उनले मलाइ अँगाल्दै भने (अब आफ्नै विश्वविद्यालयमा एउटा कार्यक्रम राख अनि मलाइ पनि बोलाउ आवश्यक सहयोगको लागि सम्झाउ म व्यवस्था गर्छु ।' मैले 'हुन्छ' भनेँ ।

यसो भनिरहदा मेरो साइडमै बसेका सहपाठी ओम प्रकाश सापकोटा क्यामेरामा फेटो कैद गर्दै थिए । तर मलाइ भने मेरो दिनचर्याको याद आइरहेको थियो ।

'हामी इन्जिनियर बन्दा त यो पार्क बिकसित होला नि ?' हाम्रो विश्वविद्यालयदेखी नजिकै रहेको त्यही आइटीपार्क घुम्न जादा केही समय पहिले साथी शुरेसले 'यसमै जव ट्राइ गर्ने' सपना बुनेका थिए । तर अहिले सम्म जस्ताको त्यस्तै रहेको यो पार्क कहिल्यै सरकारी आँखामा परेन । वर्षौँ देखि प्रतिक्षा गरिएको यो आइटीपार्क असफलताको उदाहरण बनेर बसेको छ ।

अझ भन्नुपर्दा यो पार्क टापुमा बनाइएको दरबार जत्तिकै भएको छ । हुन पनि सोच्ने हो भने प्रश्न उब्जन्छ - अन्य सुविधाहरु विकास नगरी यहाँ कसरी आइटी पार्क सफल हुन्छ र ? स्पष्ट दीर्घकालिन योजनाको अभावकै कारण झण्डै ३७ वर्ष अघि शुरु भएको नेपालको सूचना प्रविधिको यात्राले अपेक्षित गति लिन नसकेको हो । हरेक वर्ष बजेट भाषणमा गरिने इ गभर्नेन्स, इकमर्श जस्ता ठूलठूला प्रतिबद्धताहरु कागजमै सिमित छन् । गतवर्ष राष्टिय योजना आयोगले जारी गरेको तीन वर्ष अन्तरिम योजनामा सम्पूर्णआइटी क्षेत्रका लागि रु ४० करोड मात्रै विनियोजन गरियो ।

यसले रोजगारी र कारोबारका हिसाबले पनि संसारमै सबैभन्दा बढी अवसर र सम्भावना भएको क्षेत्र , सरकारी नीति निर्माताहरुको आँखामा पटक्कै पर्न नसकेको बुझाउँछ । अहिले सम्म नेपालमा जम्मा ७० वटा मात्र टेलिसेन्टर स्थापित छन् । जब कि १० औँ पञ्चवर्षिय योजनामै १५०० केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको थियो । यता सरकारी कार्यालयहरुलाइ आइटीको सञ्जालमा प्रवेश गराउने घोषणा वर्षौँ अगाडि गरिए पनि एकाध कार्यक्रमहरु बाहेक अन्य कुनै पनि योजनाहरु अगाडि बढेका देखिदैनन् ।

अझै पनि मालपोत,नापीजस्ता सामान्य जनताको पहुँच हुने निकायहरु कागजी 'ढड्डा'मै चलिरहेका छन । त्यसो त नागरिकता पासपोर्ट सवारी साधनको लाइसेन्स वितरणमा पनि सूचनाप्रविद्यिका खासै प्रयोग देखिदैन । भर्खरै 'एक बिद्यार्थी एक ल्यापटप' कार्यक्रमले बजार ततायो र तताइरहेको छ । भएका सम्भाव्यता र अवसरहरुलाइ सदुपयोग गर्न त परै जाओस संसारमै असफल भैसकेका यस्ता महत्वकाक्षी कार्यक्रमहरु लाइ सरकारी स्तरबाटै नेपालमा लागू गर्न खोज्नुलाइ नीतिनिर्माताहरुमा रहेको अदूरदर्शिता झलकाउछ ।

सरकारले त केही गरेन गरेन यहा नीजिक्षेत्रले पनि सम्पूर्णरुपमा सूचनाप्रविधिलाइ अङ्गिकार गर्न सकेको छैन । औपचारिकता निर्वाह गर्नका लागि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्नमै व्यस्त कम्प्युटर एसोसियसन नेपाल ( क्यान ) को उक्त मेला पनि व्यापार मेलामै सीमित हुन पुगेको छ । यसले सूचनाप्रविधिको प्रयोग,विकास र विस्तारमा न त योगदान नै गर्न सकेको छ, न नीजिक्षेत्रलाइ उत्साहि नै ।

गुणस्तरीय जनशक्ति उत्पादनमा हाम्रो देश त्यति कटीबद्ध देखिदैन । सिक्नको लागि कलेज तथा विश्वविद्यालयहरु सर्वसुलभ नहुँदा ज्ञान हासील गर्न थुप्रै युवाहरु धेरै खर्च गरेर विदेसिन्छन र अवसर मिलेमा स्वदेश फर्कन हिच्किचाउछन् । यसले दक्ष जनशक्तिलाइ नेपालबाट धपाइरहेको छ । सरकार तथा सम्बन्धित निकायहरुले श्रृजनात्मक क्षमता बोकेकाहरुलाइ आफ्नै देशमा अवसर मिलाउनु आजको प्रमुख आवश्यकता र चुनौति पनि हो । इन्टरनेट तथा कम्प्युटर को प्रयोग बढेपनि त्यसको उपयोग शहरमा अनि त्यो पनि सामान्य सर्फिङ,च्याट,इमेल र टाइपमै सीमित छ । यसले आइटीको प्रभावकारीता र यसको माध्यमबाट हाम्रो देशले अपेक्षिित लाभ पाउन नसक्नुको रहस्य तफ संकेत गर्छ ।

सूचनाप्रविधिलाइ हाम्रोदेशमा उच्च मूल्याÍनका साथ अंगाल्ने हो भने जताततैबाट फाइदा देखिन्छ । यसक्षेत्रमा काम गर्न पनि निकै सजिलो हुन्छ । श्रृजनात्मक क्षमता बोकेकाहरुकाले त नयाँ नयाँ 'प्रोग्रामहरु' विकास गर्न सकिन्छ त्यो पनि घरमै बसी बसी । लाखौं रुपयाँ कमाउन घरछाड्नै नपर्ने अवसरलाइ कसले सदुपयोग नगर्ला र ? सूचना तथा प्रविधिको क्षेत्रले धेरै संम्भावना त बोकेको छ तर अपेक्षित गति हात पार्न सकेको छैन । यही भएर पनि हुनुपर्छ आफ्ना दुइ छोरा विदेशमा,एकजना अमेरिका र अर्का रशिया,रहेका बताउने मन्त्री पत्नि कल्याणी शाहलाइ मैले अन्त्यमा सोधेको थिए(के गर्छन ? अनि उनले भनिन एउटाको अमेरिकामा आफ्नै सफ्टवेयर कम्पनी छ र अर्को रसियामा आइटी प्रोफेसर छ । अनि मैले मनमनै सोचेँ तिनीहरुलाइ नेपाल बोलाउन पाए हुने नी भन्न नपाउदै उनी गाडीमा चढिन र म पनि साथीसँग फर्किएँ ।

Suppoted by:
aashis.luitel@gmail.com
sapkotaom@gmail.com

Newer Posts Older Posts Home