ठूला ठूला महल दिनेछौं भन्नेहरु
आज तिनै ठूला ठूला महलका मालिक भएछन्

भष्ट्राचार सामन्तवाद र्निमुल गर्छु भन्नेहरु
आज तिनै भष्ट्राचारी र सामन्ती भएकाछन्

देश र जनताका लागि मर्छु भन्नेहरु
आज तिनै जनता पो मार्न भएछन्

ठूला ठूला सपना र आश्वसान बाटनेहरु
आज आफ्नै सपना र आकांक्षा पुर्ति गर्न भएछन्

शहिदको महिमा र गुनगान गाउनेहरु
आज तिनीहरुको मार्गदर्शन कुलचिने भएछन्

जनता जनता सङ्गर्घ सङ्गर्घ भन्नेहरु
आज नातावाद विलासीपनमा रमने भएछन्

देश जनता परिवर्तन क्रान्ति गर्छु भन्नेहरु
आज आफ्नै बचाउ पो गर्न भएछन्

ठूला ठूला महल दिनेछौं भन्नेहरु
आज तिनै ठूला ठूला महलका मालिक भएछन्

0 comments:

Newer Post Older Post Home