नेपाली मूलका सबै आसामीले गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली बोलको गीत सुनेका छन् भन्ने छैन । तर, यो भारतीय भूमिमा गोर्खाली पुर्खाले प्राणप्रतिष्ठा गरेको रहनसहन अनि जीवनशैली मेची पश्चिममा भन्दा बढी झल्कने गरेको छ । ७ कक्षामाथिका छात्राहरू विद्यालयको घोषित नियम अनुसार नै सारी-चोलोमा सजिएका देखिन्छन् । विद्यालयबाहिरका छोरीबुहारी पनि सारी-चोलोकै स्नेही छन् । ढाका टोपीबिनाको पुरुष शिर गोचर हुन मुस्किलै छ । औपचारकि कार्यक्रममा जाँदा त कम्मरमा खुकुरी भिरेर दौरा-सुरुवालमै ठाँटिदा रहेछन्, आसामी नेपालीहरू ।
त्यसो त उत्तरपूर्वी भारतको यस भेगमा दसैँ-तिहार मात्र होइन, भानु, कटुवालजयन्ती जस्ता अवसरमा पनि जुरुक्कै उठ्ने गरेको छ, गोर्खाली समुदाय । नेपालबाट आएका कुनै पनि अतिथिलाई सत्कार गर्न उत्तिकै मरमिेट्छन्, उनीहरू । अवसर जुनसुकै होस्, उनीहरू 'हाम्रो नेपालबाट आउनुभएको पाहुना ...!' भन्दै आफ्नोपन दर्शाउन थालिहाल्छन् । असमको विशाल क्षेत्रमा गौपालन, चिया, सुपारी र धान खेतीमा अल्भिmएका करबि २५ लाख गोर्खालीले आफ्नो उद्गमभूमिले नै बिर्सेको वा जानी-जानी लत्याएको संस्कृतिलाई कति ताजा बनाएर राखेका छन् भने उनीहरूलाई सलाम नभनी रहन सकेन यो मनले ।

0 comments:

Newer Post Older Post Home